हराएका हिरा २: हाइकुमा अन्तराष्ट्रिय छवी बनाएका युवा जनक सापकोटा

an article recently posted in blog by ram kumar shrestha highlights janak sapkota as a lost diamond for nepal- as he has been overshadowed by national media while he outshines international profile as a haiku poet

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला २)

एउटा नेपाली ठिटो विज्ञान पढ्छ, हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ, मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्ड पुग्छ, आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जित्छ, त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ जस्का हाइकु सुनेर बरिष्ठ कविहरू समेत छक्क पर्छन्, विस्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ, उन्काबारे हाइकुमा विस्व स्तरीय छवी बनाएका ब्यक्तिहरु खुलेर प्रसंशा गर्छन्, तर……तर……. नेपालीहरु उनीबारे अनभिज्ञ हुन्छन । किनकि नेपाली संचार जगत या त राजनीतिज्ञको भाषा बुझ्छन या त ब्यापारीको या त कलाकारको । तब त कुनै नेपालीले अन्य क्षेत्रमा विस्व स्तरीय छवी बनाएको जानकारी नेपालीले कहाँबाट पाउन सबै पर्म लाएर र पर्म तिरेरै भने पनि आ-आफ्नै बिज्ञापन गर्न ब्यस्त दुनियाँँमा? ती युवा हुन बागलुङमा जन्मेका युवा जनक सापकोटा ।…….उनी हाइकु दुनियाँँमा अन्तराष्ट्रिय छवी बनाएका नेपालीद्धारा नचिनिएका नेपाली हुन नेपाली………. ।

एउटा नेपाली ठिटो विज्ञान पढ्छ, हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ, मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्ड पुग्छ, आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जित्छ, त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ जस्का हाइकु सुनेर बरिष्ठ कविहरू समेत छक्क पर्छन्, विस्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ, उन्काबारे हाइकुमा विस्व स्तरीय छवी बनाएका ब्यक्तिहरु खुलेर प्रसंशा गर्छन्, तर……तर……. नेपालीहरु उनीबारे अनभिज्ञ हुन्छन । किनकि नेपाली संचार जगत या त राजनीतिज्ञको भाषा बुझ्छन या त ब्यापारीको या त कलाकारको । तब त कुनै नेपालीले अन्य क्षेत्रमा विस्व स्तरीय छवी बनाएको जानकारी नेपालीले कहाँबाट पाउन सबै पर्म लाएर र पर्म तिरेरै भने पनि आ-आफ्नै बिज्ञापन गर्न ब्यस्त दुनियाँँमा? ती युवा हुन बागलुङमा जन्मेका युवा जनक सापकोटा ।

सापकोटा फिनल्याण्ड र आयरल्याण्डका साहित्यकारमाझ भने राम्रैसँग परिचित छन् । उनका कृति अंग्रेजीका अतिरिक्त आइरिस र फिनिस भाषामा समेत प्रकाशित भएका छन् । फुटकर रचना त जापानी, स्विडिस भाषामा समेत अनुदित भएर छापिएका छन् । फिनल्याण्डमा २०१२ मा भएको प्रशिद्ध ‘टेम्परे बुक फेयर’ मा उनलाई आयोजकले अतिथिका रुपमा निम्त्याएको थियो ।

सापकोटा मामा शम्भु कँडेलको प्रेरणाले सानैदेखि कविता लेख्थे । लामा खालका कविता लेख्दै आएका सापकोटाले पहिलो पटक ब्रिटिस सोसाइटीले प्रकाशन गरेको हाइकु पढ्ने अवसर पाए । जापानी कविहरूले लेखनको शुरुवात गरेका हाइकु सुत्रवद्ध हुन्छन् । नेपाली कविताजस्तो जतिसुकै तन्काउन वा खुम्च्याउन पाइदैन । पहिलो हरफ ५ अक्षर, दोस्रो ७ र तेस्रो ५ अक्षर -सुत्र ५, ७, ५) मा आवद्ध त्यस्ता कविताले उनलाई आकर्षण गर्‍यो ।

त्यसपछि उनी हाइकु लेखेर विभिन्न कार्यक्रमहरूमा सुनाउन थाले । त्यसै क्रममा संयोगबस (कुनै पूर्वयोजना विना) एक अमेरिकी कविसँग भेट भयो । उसको नाम थियो सुजी कन्वे । उनीभन्दा निकै पाका कन्वे उनको प्रतिभाबाट प्रभावित भए । कन्वेले हाइकु सिक्ने इच्छा जाहेर गरे । सापकोटाले उनलाई सिकाए । दुवैले अंग्रेजी भाषामा लेख्दै आएका हाइकुको संयुक्त संग्रह २००५ मा ‘लाइट्स एलङ द रोड’ प्रकासन भयो । त्यसको मूल्य त्यतिखेर ४ सय रुपैयाँ थियो ।

यसैबीच उनले सन २००६ मा आयरल्याण्डमा अन्तराष्ट्रिय हाइकु प्रतिपर्धा हुदै रहेको थाहा पाएपछि अनलाइनबाट फर्मका साथ आफ्नो हाइकु पठाए । त्यस्मा उनको रचना सर्वोत्कृष्ठ भयो । स्वदेशमै बसेर उनले अन्तराष्ट्रिय प्रतियोगिता जिते । त्यसको तीन वर्षपछि भएको सातौ वाषिर्क युकाइ हाइकु प्रतिस्पर्धा (२००९) समेत उनले जिते । त्यस्पछि पनि उन्ले थुप्रै पुरस्कारहरु जितिसकेका छन ।

उनी पढाइको क्रममा फिनल्यान्ड भएको बेला आयरल्याण्डबाट उनलाई लेखन कार्यशालामा निम्त्याइयो । सन २०१० का केही दिन उनले आवासीय सुविधामा लेखेका हाइकुहरूको संग्रह ‘फुल मुन’ प्रकाशन गरे । त्यसलाई आइरिस भाषाका सम्मानित कवि ग्याबि्रएल रोसेनस्टकले आइरिस भाषामा अनुवाद गर्न अनुमति मागे र उन्ले अनुमति दिए पनि । यो लिमिटेड इडिसन थियो – निश्चित प्रतिभन्दा बढी छाप्न नपाइने ।

उनको ‘ह्विस्पर अफ पाइन्स‘ नाममा अर्को कृति प्रकाशन भएको छ आइरिस र अंग्रजी गरी दुवै भाषामा । उनका केही रचना स्विडिस र जापानी भाषाका पत्रिकामा समेत अनुवाद भएर छापिएका छन् । इन्टरनेसनल हाइकु जर्नलको अनलाइन सस्करणमा अंग्रेजी र नेपालीमा अनुवाद उनका हाइकु पढ्न पाइन्छ । गुगल गर्दा उनलाई चिनाउने विदेशबाट प्रकाशित अनगिन्ती वेभसाइटका पेज भेटिन्छन् ।

सापकोटाकाबारे आइरिस कवि क्याथल ओ-सेर्काइघले द हाइकु फाउन्डेसन डट ओआरजीमा निकै प्रशंसाका शब्द प्रकट गरेका छन् । उनी लेख्छन्, ‘जनक सापकोटा हाइकु लेखनमा विलक्षण प्रतिभा भएका गर्व गर्न लायक नेपाली ठिटो हुन् । आफू र आत्माका बीच उनी दुरदर्शी अगुवाका रुपमा देखिएका छन् । उनी वर्ड र बल्र्ड दुवैका लागि दयालु छन् । उनी साच्चै नै डरका लागि बाँचेका छन्, सिर्जनाका लागि बाँचेका छन् ।’

उनको कृति विश्वप्रशिद्ध डिजिटल पुस्तक विक्रेता कम्पनी अमेजन डटकमको स्टोरबाट किन्न सकिन्छ । अमेजनले सापकोटाको ‘हविस्पर अफ पाइन्स’ को मूल्य इन्टरनेटबाट खरिदका लागि ६ डलर ५४ सेन्ट मूल्य तोकेको छ । उन्ले २०१२ तिर १ डलर ३१ सेन्ट मूल्य छुट दिएर ५ डलर २३ सेन्टमा बेच्ने अफर ल्याए । यो पुस्तक किन्डल इडिसनमा उपलब्ध छ ।

उनले सुरुमा नेपालीमै लेखेका हुन्, तर नेपालीमा लेख्दा त्यतिधेरै प्रतिकृया नआएपछी अंग्रेजीमा लेख्न थालेपछि भने प्रतिकृयाको बाढी नै लाग्यो र अंग्रेजीमा नै लेख्न लागे । नेपाली ठिटो हाइकुमा चर्चित भएको थाहा पाएर बल्र्ड हाइकु क्लवका अध्यक्ष जापानी नागरिकले सम्पर्क गरेर उनलाई स्यावासी दिए । उनको कृतिको क्लवले प्रकासन गर्ने वल्ड हाइकु रिभ्युमा समिक्षा प्रकाशन भएको छ ।

उनका लागि लेखन ‘पार्ट टाइम जव’ जस्तै छ । उनी नेचरलाई थिम बनाएर लेख्छन । उनी हाइकु दुनियाँँमा अन्तराष्ट्रिय छवी बनाएका नेपालीद्धारा नचिनिएका नेपाली हुन नेपाली………. ।

back to top